नेकपाको स्थायी समिति बैठक बुधबार

काठमाडौं ३० बैशाख । बिवादमा रुमल्लिएको सत्तारुढ नेकपाले बुधबारका लागि स्थायी समितिको बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बोलाएको हो । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित भएको थियो । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति जुटेको थिएन । तर, स्थायी कमिटि बैठक तत्काल बोलाउन अध्यक्षद्धयलाई दबाब थियो । २० जना स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग नै गरेका थिए । प्रधानमन्त्री ओलीले बैठक बोलाउन आनाकानी गरिरहेका बेला स्थायी कमिटीका २० जना सदस्यले तत्काल बैठक बोलाउन दवाव दिदै आएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #नेकपा
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्