नेकपामा फेरि बल्झियो बिबाद,सचिवालय बैठकमा चर्काचर्की
काठमाडौं २४ बैशाख । बिबाद मिलेको दाबी गरेको नेकपामा फेरि चर्काचर्की परेको छ । बालुवाटारमा बसेको सचिवालय बैठकमा दुई पक्षीय नेताहरुको बीचको चर्काचर्की भएको हो । बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएको बताइएको छ । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ गएका छन् । प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । त्यस्तै, नेकपाको स्थायी कमिटि बैठक बिहिबार बिहान ११ बजे बस्ने भएको छ । अध्यक्षद्धय शर्मा शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार विहान भएको छलफलपछि बैठक तय भएको हो । स्थायी कमिटी बैठकको माग गर्दै २० जना नेताले हस्ताक्षर बुझाएपछि यसबीचमा दुई पटक सचिवालय बैठक बसेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपामा फेरि बल्झियो बिबाद
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्