स्थायी कमिटि बैठकको एजेण्डा तय गर्दे नेकपा

काठमाडौं २४ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । भोलि बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज भोलि ११ बजे बस्ने स्थायी समितिको बैठकका एजेण्डा बारेमा छलफल हुनेछ । पार्टीलाई एक ढिक्का बनाएर लैजाने गत बैशाख २० गतेको सचिवालयले निर्णय गरे पनि शीर्ष नेताको कुरा मिल्न नसक्दा भोलि स्थायी समितिमा पेश हुने एजेण्डा पनि तय हुन सकेका छैनन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको थियो । सचिवालय बैठकको निर्णय कार्यन्वयनसम्बन्धी प्रस्ताव निर्माणमा दुई अध्यक्षबीचको सकारात्मक नभएपछि दाहाल–नेपाल समूह आसन्न स्थायी कमिटी बैठकको रणनीति निर्माणमा जुटेको छ । बैठककै तयारीका लागि भन्दै दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु लगातार परामर्शमा छन् । पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव चुलिएको छ । दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रामक भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्