सांसदलाई कोरोना परिक्षण गरेर मात्रै संसद भवनमा प्रबेश
काठमाडौं २३ बैशाख । संघीय संसदका सांसदलाई कोरोना भाइरस परिक्षण गरेर मात्रै बैठकमा सहभागि गराइने भएको छ । मंगलबार संघिय संसदभवनमा बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकमा यस्तो निर्णय गरिएको हो । बैठकमा बैशाख २६ गते बोलाइएको बजेट अधिबेशनमा संघीय संसदका सबै सदस्यहरु र कर्मचारीहरुको पि सि आर विधिबाट कोरोना परिक्षण गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै, संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई स्यानीटाईज गरिने छ । विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठक सञ्चालन गर्ने पनि बैठकमा सहमति भएको छ । संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पुर्व तयारी गर्ने, संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा कार्यब्यवस्था तथा परामर्श समितिमा छलफल भएको थियो । बैशाख २६ गते दुबै बजेट अधिबेशन अन्र्तगत संघीय संसदको संयुक्त बैठक बस्दैछ । केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय संसद भवनको अवलोकण गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सांसदलाई कोरोना परिक्षण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्