कर्णाली प्रदेशमा आवत–जावत प्रतिबन्ध,प्रदेशका सबै नाका सिल
काठमाडौं २३ बैशाख । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेशले आवात–जावतमा प्रतिबन्ध लगाएको छ । प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक साताका लागि पूर्ण रुपमा बन्द गरेको छ । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजबुत बनाउने निर्णय गरेको प्रवक्ता बिमला केसीले जानकारी दिइन । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउनुपर्नेछ । तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।
प्रदेशका दुर्गम जिल्ला तथा स्थानीय तहमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको छ । त्यस्तै, प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेश
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्