लकडाउनको आज ४३औं दिन, लकडाउन थप्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं २३ बैशाख । सरकारले लकडाउन घोषणा गरेको आज ४३ औं दिन, काठमाडौंसहित देशभर झन कडाइ गरिएको छ । ४३ दिनसम्म आइपुग्दा लकडाउनको पालना गराउन सुरक्षा निकायको सक्रियता बढ्दै गएको छ । केही स्थानमा भने लकडाउनको निकै उल्लंघन भैरहेको पाइएको छ । प्रहरीले चेकजाँचमा कडाइ गरेपनि कतिपय ठाउँमा तरकारी बजार र मुख्य बजारभन्दा भित्री क्षेत्रमा लकडाउनको पालना भएको छैन । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँमा शारीरिक दूरी पालना गर्नेतर्फ कसैले ध्यान दिएको छैन । अत्यावश्यक र पासबाहक सवारीको चाप पछिल्ला दिनमा बढ्दै गएको छ । चेकजाँचमा कडाइ भएकाले पनि अहिले उपत्यकाका सडकमा सवारीहरूको लामो लाइन देख्न सकिन्छ । प्रहरीले अनावश्यक रूपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ । कोरोना संक्रमति बढ्दै गएपछि लकडाउन थप गरिने भएको छ । लकडाउन थप्न आज मन्त्रीपरिषदको बैठक डाकिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्