सञ्चारमाध्यममाथी प्रधानमन्त्रीको आक्रोश
काठमाडौं १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति बिथोल्न खोजे सरकार, नेकपाका कार्यकर्ता र जनतालाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाईमा लागिरहेको बेला अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरु भएको भन्दै त्यो स्वीकार्य नहुने चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम सरकारका बिरुद्धमा लागि परेको आरोप लगाए । प्रधानमन्त्री ओलीले सरकारको श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास केन्द्रित हुने बताउनुभयो । उहाँले अवका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने दाबी गर्नुभयो । सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने प्रधानमन्त्रीको भनाई थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्रीको आक्रोश
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्