थपियो मे ३ सम्म भारतमा लकडाउन

काठमाडौं २ बैशाख । भारतमा मे ३ तारिकसम्म लकडाउन थपिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउन थप दुई हप्ता भन्दा बढी समय बढाउने घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको तीन हप्ते लकडाउनको अन्तिम दिन मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले घोषणा गरेका हुन् ।मोदीले लकडाउन अवधिमा जनताले गरेको त्यागको सम्मान पनि गरेका छन्। उनले पाको उमेरका व्यक्तिको विशेष ख्याल गर्न, सामाजिक दूरी पूर्ण रुपमा पालना गर्न, प्रतिरोधात्मक क्षमता बढाउनका लागि स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न, संक्रमणबाट जोगिनका लागि यस सम्बन्धी जानकारी दिने मोबाइल एप्लिकेशन डाउनलोड गर्न तथा गरिब परिवारलाई खानपानको व्यवस्थामा सहयोग गर्न अपिल गरेका छन् । भारतमा अहिलेसम्म १० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ सय ३९ जनाको कोभिड–१९ बाट निधन भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #थपियो मे ३ सम्म भारतमा लकडाउन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्