Techie IT
  • ५ असोज २०८०, शुक्रबार
KhojPatrika

पूर्वराजाको २ करोड सरकारी कोषमा जम्मा


काठमाडौं ३० चैत । हिमानी कोषले सरकारले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोषमार्फत बुझाउने भनेको दुई करोड रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । हिमानी कोषले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्राप्त भएको उक्त रकम कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गरिएको जानकारी दिएको छ । साथै कोषले उक्त रकमको पूर्ण सदूपयोग होस् भन्ने चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व राजा शाहले केही दिनअघि सरकारी राहत कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #पूर्वराजा

तपाईको कमेन्ट लेख्नुहोस्