हाजिर गरेर कहाँ जान्छन् सांसद ?

काठमाडौं १८ फागुन । यतिबेला संघीय संसद अन्र्तगत राष्ट्रिय सभामा को जाने बहस नै चर्चामा छ । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गर्यो । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पुनः डाक्टर युवराज खतिवडाकै नाम सिफारिस गर्ने भन्दै सचिवालयको निर्णय बिरुद्ध उभिएपछि नेकपामा तरंग ल्याइदिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले ओलीले निर्णय मान्नै पर्ने चेतावनी दिइरहेका छन् । गौतम र खतिवडाको दौडधुपले नेकपा दुई कित्तामा बिभाजित भएको छ । अध्यक्ष दाहालले त शुक्रबार चितवन पुगेर सचिवालयको निर्णय ओलीले मान्नैपर्ने बाध्यता देखाइदिएका छन् । निर्वाचनमा हारेका पनि प्रधानमन्त्री, मन्त्री र सांसद बन्नैका लागि मरिहत्ते गर्ने हाम्रो राजनीतिक रोग पूरानै हो । यहि रोगले यतिबेला पाटीमा मात्रै होइन देशभर आलोचना र बहस तातिएको छ । संसदभित्र को छिर्ने भन्ने बहस एकातिर तातिदै गर्दा जनताको मतबाट संसदभवन छिरेका सांसद कहाँ हराउछन् भन्ने अर्को प्रश्न पनि उब्जीएको छ । बैठक सुरु हुँदा पुग्ने सांसद केही घण्टामै कहाँ पुग्छन् पत्तै हुदैन् । फागुन १३ गतेको प्रतिनिधि सभा बैठकमा देखिएको पनि लाजमर्दो दृश्य देखियो । एक चौथाई नपुग्दा बिद्येयक नै निर्णयार्थ प्रस्तुत हुन सकेन । १४ गते पनि चौथाई त पुग्यो तर अधिकांश सांसद हाजिर गरेरै कुलेलाम । फागनु १५ गते पनि उही बेवास्ता र हेलच्याक्र्याई । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधि पूरा गर्ने ठाउँ । महत्वपूर्ण बिद्येयक प्रस्तुत र छलफल हुँदा जनताका प्रतिनिधि कहाँ कुलेलाम ठोक्छन् पत्तै हुदैन् । यी दुई दिन त उदाहरण मात्रै हुन् यहाँ त सभामुखले पटक–पटक रुलिङ गर्नुपर्ने बाध्यता छ । गणपुरक संख्या पुगेन भन्दै बैठक नै स्थगित हुनुपर्ने अवस्थाको कहिले हुन्छ अन्त्य । सत्तापक्ष हुन् या प्रतिपक्ष सांसदको उपस्थिति न्युन । संसदमा पुग्यो हाजिर ग¥यो आफनो भाषण सुनायो हिड्यो क्या गज्जवको भत्ता खाने काइदा । संसदमा महत्वपूर्ण छलफल चलिरहदा पनि सांसदको उपस्थिति न्युन । शिर्ष नेताहरुको त झनै् कुरै नगरौं बैठकअवधिभर बस्न त सोमबारको औशी नै कुर्नुपर्छ । दलीय ह्वीप लागेको अवस्थामा सबै उपस्थित हुने । सामान्य अवस्थामा दलीय धारणा नै हावी हुने भएकाले सांसदहरुको बैठकमा रुचि नदेखिनुले जनताको मत पाएर जनताको समस्या समाधानमा काम गर्छु भन्नु झुक्याउने काम बाहेक अरु केही हुनै सक्दैन । आफनो काम र जिम्मेवारीप्रति सबै चनाखो र सचेत भइदिने हो भने पक्कै पनि सबै क्षेत्रको बिकास सहजै हुन्थ्यो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #हाजिर गरेर कहाँ छन् सांसद ?
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्