अलमलमा नेपाली कांग्रेस
काठमाडौं १० पुस । दुई साता यता कांग्रेसभित्रको १४ औं महाधिवेशनको कार्यतालिकालाई लिएर देखिएको विवादले झन उग्ररुप लिएको छ । गत मंसिर २६ गतेबाट सुरु भएको कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएका कारण केन्द्रिय समिति बैठक समेत सरेको सर्यै छ । नेतृत्व र शीर्ष तहका नेताहरुका कारण कांग्रेस कमजोर बनेको भन्दै युवा नेताहरुले चिन्ता व्यक्त गरेका छन् । पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षविचको विवादकै कारण कांग्रेसको बिहिबारको लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुन सरेको छ । दुई पक्षविच देखिएको विवाद समाधानको लागि प्रयास भइरहेको भन्दै आगामी शक्रुबार १ बजेसम्मको लागि बैठक पुन सरेको हो । यसअघि मंसिर ३० पुस २ र ४ गते बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो । कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ बाट सुरु भएको थियो ।पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागका संख्या २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव बैठकमा पेस गरेको, भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलमा देखिएको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएका छन् । पार्टीभित्र देखिएको नेतृत्वविचको लडाइले पार्टी नै सकिने त होइन भन्ने सम्मको चिन्ता बढेको नेताहरुको दुखेसो छ । पार्टी नेतृत्व नै गुटको राजनीतिमा लागेका कारण पार्टी यो अवस्था आएको केन्द्रिय सदस्य प्रदीप पौडेल बताउछन् । पार्टीभित्र लामो समयसम्म यस्तो विवाद देखिनु नेतृत्वकै कमजोरुी भएका अर्का नेता चन्द्र भण्डारीको दावी छ । भण्डारीले त अहिलेको नेतृत्वले कांग्रेसलाई सहि दिशामा लैजान नै नसक्ने ठोकुवा गर्नुभएको छ । पौडेल पक्षको पछिल्लो भेलाले भागबण्डाको आधारमा सहमती नभए विधानबाटै सबै समस्याको प्याकेजमै समाधान गर्नुपर्ने रणनीतिमा छन । पौडेल पक्षको बहिष्कारबीच सभापति शेरबहादुर देउवाले २६ मंसिरमा बैठक सुरु गर्दै छलफलका लागि ९ एजेन्डा प्रस्तुत गरेका थिए । विवाद समाधानका लागि दुई पक्षबीच पटक–पटक छलफल भए पनि सहमति हुन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अलमलमा नेपाली कांग्रेस
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्