फेरिएला त टुँडिखेलको मुहार

काठमाडौं २४ कार्तिक । यतिबेला टुडिखेल अस्तब्यस्त छ । सामाग्रीले भरीभराउ छ भने अर्कोतर्फ बसपार्क बनाइएको छ । जसले गर्दा टुडिखेलको संरचना नै हराउछ कि भन्ने त्रास फैलिएको छ । विडम्बना नै भन्नुपर्छ, सार्वजनिक जमिन जोगाउनका लागि नागरिक सडकमा आउनुपरेको छ । काठमाण्डौको टुँडिखेल अतिक्रमण र दुरुप्रयोग बढ्दै गएपछि नागरिकले सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरे । ‘अकुपाई टुँडिखेल अभियान‘ अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानव साङ्लो बनाएर घेरियो । अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै विरोधमा काठमाडौ उपत्यकावासीहरुले शनिबार बिशेष अभियान संचालन गरेका छन् । टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेल लगागतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गरिएको हो । काठमाडौंको मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको थियो । ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर खुल्ला स्थान टुंडिखेल घेरिएको हो । सांस्कृति तथा प्राकृतिक धरोहर जोगाउन भन्दै उनीहरुले हरियो रिवनले टुंडिखेल घेरेर मानव साङ्लो बनाएर सांकेतिक बिरोध गरे । पछिल्लो समय टुंडिखेललाई फोहोरमैला थुपार्ने, विभिन्न भौतिक संरचना बनाउनका लागि आवश्यक सामाग्री थुपार्ने स्थानको रुपमा परिणत गरिएको छ । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरीएको हो । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जानकारी दिएको छ । टुँडिखेललाई कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा लिइन्थ्यो । तर सर्वसाधरणको लागि सधै खुल्ला हुने खुल्ला स्थान टुँडिखेल अहिले सार्वसाधारणको पहुँचमा छैन । बिभिन्न बाहना र नाममा टुंडिखेल अहिले अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ । त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि टुंडिखेल संरक्षण अभियानमा ऐक्यवद्धता जनाएका छन् । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले अकुपाई टुँडिखेललाई साथ दिएका छन् । अकुपाई टुडिखेलमा जनतादेखि जनप्रतिनिधिसम्म सहभागी छन् । उनीहरुले पूर्खाको नासो जनताको हक, टुंडिखेल खाली गरजस्ता नारा लगाउँदै सरकारलाई टँुडिखेल खाली गर्न दबाव दिएका छन् । कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन् । काठमाडौंको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै टुँडिखेल रहन गएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #टुँडिखेल
तपाईको कमेन्ट लेख्नुहोस्