पढे होलान् त प्रधानमन्त्रीले मुस्कानको पत्र
माननिय प्रधानमन्त्री ज्यु
म मुस्कान खातुन अन्सारी ।
मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घटेको ठूलो घटना हो । पहिलो जेनी खड्का र संगिता मगरलाई तेजाव आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भईदिएको भए आज म यो अस्पतालको बेडमा हुन्थिनहोला । प्रधानमन्त्री ज्यू हजुरको दुई तिहाई बहुमतको सरकार छ । हजुरले तेजाव आक्रमण गर्नेलाई फाँसी दिनुहुन्थ्यो ? हजुरको ठाउँमा म भईदिएको भए त्यो अपराधीलाई फाँसी दिन्थे होला । यसपालि ठूलो भन्दा ठूलो सजाय पावस की म जस्तो एउटा बालिका माथी या चेलिबेटी र कसैमाथी तेजाव आक्रमण नहोस् । मैलेजति पीडा खपेको छु त्यो पीडा अरु कोहीमाथी पनि न होस् । यो पीडा भनेको सानो पीडा होइन् । एउटा देशको ठूलो पीडा हो । आमा र बुबा को पनि पीडा धेरै ठूलो पीडा हो । यो घटना कसैको आमा र बुबा न खप्नुपरोस् । त्यो दोसीलाई यसपाली ठूलोभन्दा ठूलो सजाय होस् । मेरो हजुसँग बिन्ति र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनुहोस् । यो घटना कसैमाथी नहोस् र कोही पनि अस्पतालमा अब तेजाब आक्रमण भएको चेलीबेटी नआओस् भन्ने अनुरोध गर्दछु । धन्यावद हामीहरुको प्रधानमन्त्री ज्यू । यही हो, वीरगन्ज महानगरपालिका छपकैयाकी १५ वर्षीया एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुन अन्सरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको खुल्ला पत्रको ब्यहोरा । मुस्कान जस्ता सयौँ चेली र आमाहरुको गुमेको मुस्कान फिर्ता ल्याउन उनीहरुमाथी अन्याय गर्नेलाई कडा कारबाही हुनुपर्छ । यो मार्मिक पत्र प्रधानमन्त्री केपी शर्मा ओलीले पढे या पढेनन् त्यो भने बाहिर आउन सकेको छैन् । बिदेश भ्रमणमा रहेका बेला सार्वजनिक भएको पत्र सञ्चारमाध्यमबाट पढ्न पाए या पाएनन् । यदि पाएका छैनन् भने पक्कै पनि सचिवालयका कर्मचारीले प्रधानमन्त्री ओलीलाई सुनाउनै पर्छ । न्यायको भिख माग्ने आफ्नै नागरिकमाथी अन्याय गरेर तपाई देशको अभिभावक, जनताको अभिभावक बन्न सक्नुहुन्न । अब अजरबैजानको यात्राबाट फर्किदा साच्चै देश र जनताको पक्षमा गफ भन्दा पनि काम गर्ने सोच बोकेर फर्कनुहोस् । र खातुनलाई जवाफ दिनुहोस् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #muskan khatun
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्