राष्ट्रपति भण्डारी र भारतीय समकक्षी कोविन्दबीच जापानमा भेटवार्ता
काठमाडौं ५ कार्तिक । जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाव कोविन्दबीच भेटवार्ता भएको छ । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुने क्रममा दुवै देशका राष्ट्रपतिबीच भेटवार्ता भएको हो । राष्ट्रपति भएपछि यो पहिलो भेटघाट हो । भेटमा राष्ट्रपति भण्डारीले समकक्षी कोबिन्दलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरेका थिए । सो अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरिएको थियो । भेटघाटमा भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकोबारे समेत छलफल भएको थियो । दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ । सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डाक्टर हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायतको सहभागीता थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्