होला त पार्टी एकता
काठमाडौं २७ असोज । राष्ट्रिय जनता पार्टी, नेपाल लगायतका दल तथा संगठनहरुसँग एकताको विषयमा छलफल गर्न समाजवादी पार्टीले सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको बैठकमा राजपा नेपाल लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । राजपा नेपालसँग हालसम्म भएको छलफलका प्रगतिबारे पार्टीका दुईजना अध्यक्षले आजको बैठकमा जानकारी गराउने र त्यसमा अन्य नेताहरुको पनि राय दिनेछन् । त्यसपछि यो एकता प्रकृयालाई कसरी अगाडि बढाउने विषयमा छलफल हुनेछ । दुई दलको बीचमा लामो समयदेखि एकताको प्रयासस्वरुप वार्ता भइरहेको छ । तर, हालसम्म केही टुंगो लागेको छैन । साथै बैठकमा तत्कालीन नयाँ शक्ति नेपाल र समाजवादी पार्टीबीच भएको एकतापछि समायोजनका के कति काम भएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ । पार्टी समायोजन र राष्ट्रिय जनता पार्टी नेपालसँगको एकताको विषय टुंगो लागेपछि पार्टी महाधिवेशनको अर्को नयाँ मिति तोक्ने समेत बैठकको ऐजेण्डा छ । यसअघि असोज २९, ३० र ३१ गतेका लागि महाधिवेशनको मिति तय गरिएको थियो । हाललाई महाधिवेशन स्थगित भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #samajbadi
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्