मेलम्चीमा चलखेल भएको देउवाको आरोप

काठमाडौं ६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विनाप्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । काँग्रेस सभापति देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे । विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको सभापति देउवाको आरोप थियो । नैनसिंह महरद्धारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डै–काण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उहाँले ओली सरकारले शुन्य सहनशीलता कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डै–काण्डमा डुबाएको दावी पनि गरे । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी दिए । कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढदा मात्रै पनि आफ्नो पार्टीले आगामी निर्वाचनमा विजयी हुने दावी गरे । उनले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा पनि जोड दिए । पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाको भनाई थियो । महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #deuba
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्