मेलम्चीमा चलखेल भएको देउवाको आरोप
काठमाडौं ६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विनाप्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । काँग्रेस सभापति देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे । विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको सभापति देउवाको आरोप थियो । नैनसिंह महरद्धारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डै–काण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उहाँले ओली सरकारले शुन्य सहनशीलता कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डै–काण्डमा डुबाएको दावी पनि गरे । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी दिए । कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढदा मात्रै पनि आफ्नो पार्टीले आगामी निर्वाचनमा विजयी हुने दावी गरे । उनले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा पनि जोड दिए । पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाको भनाई थियो । महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #deuba
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्