Techie IT
  • ५ असोज २०८०, शुक्रबार
KhojPatrika

लौह पुरुष गणेशमान सिंहको २२ औं स्मृति दिवस


काठमाडौं २ असोज । लौह पुरुष गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पणसहित नेता सिंहको सम्झना गरेको छ । विक्रम सम्वत १९ सय ७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात आजैका दिन निधन भएको थियो । लौह पुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए । सिंह र बीपी कोइरालाले एकसाथ राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कू सम्म संघर्ष गरेका थिए । जेल तोडेर भारत प्रवासमा रहँदा होस वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कदा उनीहरु एकसाथ थिए । २०४६ सालमा प्रजातन्त्र आएपछि नेता सिंहले प्राप्त भएको प्रधानमन्त्रीको पद पनि अस्वीकार समेत गरेका थिए । राजनीतिको पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोइरालाको शैलीबाट आजित भएपछि उनले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ganesman

तपाईको कमेन्ट लेख्नुहोस्