लौह पुरुष गणेशमान सिंहको २२ औं स्मृति दिवस
काठमाडौं २ असोज । लौह पुरुष गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पणसहित नेता सिंहको सम्झना गरेको छ । विक्रम सम्वत १९ सय ७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात आजैका दिन निधन भएको थियो । लौह पुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए । सिंह र बीपी कोइरालाले एकसाथ राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कू सम्म संघर्ष गरेका थिए । जेल तोडेर भारत प्रवासमा रहँदा होस वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कदा उनीहरु एकसाथ थिए । २०४६ सालमा प्रजातन्त्र आएपछि नेता सिंहले प्राप्त भएको प्रधानमन्त्रीको पद पनि अस्वीकार समेत गरेका थिए । राजनीतिको पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोइरालाको शैलीबाट आजित भएपछि उनले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ganesman
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्