वार्तामा आउन विप्लवलाई जनार्दनको आग्रह

दाङ २० भदौ । नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले बन्दुक पड्काएर समाजवाद नआउने भन्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । उनले मूलधारको राजनीतिमा फर्कन पनि विप्लवलाई आग्रह गरे । बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन नेता शर्माले भने तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका आफ्ना पूर्वसहकर्मीको हिसावले वार्तामार्फत तपाईं पनि मूलधारमा आउनूस् । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने शर्माको भनाई थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #janardan
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्