सरकारको अलोकप्रियताका कारण जनता निरास
काठमाडौं १० भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकप्रियताका कारण जनतामा वितृष्णा बढ्दै गएको आरोप लगाएका छन् । नेपाली महिला आन्दोलनकी अग्रणी नेतृ तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा काठमाडौको शोभा भगवतीमा रहेको शालिकमा माल्यापर्ण गर्दे नेता सिंहले सरकारका काम जनबिरोधि भएकाले जनताप्रति वितृष्णा बढ्दै गएको बताएका हुन् । नेता सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार मौलाउँदै गएको बताए । भ्रष्टाचार नियन्त्रण भाषणमा मात्र सिमित भएको भन्दै उहाँले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप समेत लगाए । कार्यक्रममा नेता सिंहले मंगलादेवी सिंहले नेपाली महिला आन्दोलनमा र्पुयाएको योगदानको चर्चा गरे ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #prakasman
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्