के भयो त नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा ?

काठमाडौं ५ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक सम्पन्न भएको छ । द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स्’मा हस्ताक्षर गर्दे बैठक सकिएको हो । बैठकका सहअध्यक्षद्वय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र उका भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करले बैठकका क्रममा भएका द्विपक्षीय सहमतिका लिखित व्यहोरामा हस्ताक्षर गरेका थिए । मिनेट्स्मा हस्ताक्षर गर्दै मन्त्री ज्ञवालीले नेपालको निकटको असल छिमेकी भारतले नेपालप्रति दर्शाएको सद्भावको सराहना गर्दै आयोगको बैठक फलदायी बनेको दाबी गरे । विदेशमन्त्री जयशङ्करले बैठकपछि हस्ताक्षर भएका कार्यविवरणले भारत–नेपाल सम्बन्धको मार्गचित्र तयार पारेको बताउँदै त्यसबाट नै पारस्परिक सम्बन्ध उन्नत एवं अग्रगामी हुने बताए । त्यसपछि मन्त्री ज्ञवालीले १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा आएका मन्त्री जयशङ्करको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि पूर्वनेपाली राजदूतहरू र नेपाल र भारत सरकारका उच्च अधिकारीहरुको सहभागी रहेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #nepal india
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्