अझै १५ वर्ष बाँच्ने प्रधानमन्त्री ओलीको दावी
काठमाडौं ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् । सविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको समेत उल्लेख गरे । उनले आफनो स्वास्थ्य अवस्था राम्रो रहेको दावी गर्दै आफू अझै १५ वर्ष बाँच्ने दाबी गरे । प्रधानमन्त्री ओलीले आफू चिकित्सकको सल्लाह अनुसार पुनः सिंगापुर जान लागेको भएकाले स्वास्थ्यमा बाहिर हल्ला गरिएजस्तो कुनै गम्भीर समस्या नभएको स्पष्ट पारे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pm news
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्