Techie IT
  • २७ माघ २०८१, आईतबार
KhojPatrika

निर्मला हत्याको एक बर्ष कहिले पाउने न्याय ? अनुसन्धान शुन्यमै, भयो सरकारबाटै अन्याय


काठमाडौं १० । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्त । २०७५ साउन १० गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक बर्ष पूरा भएको छ । तर, दुर्भाग्य अनि लज्जास्पद एक बर्ष पुग्दा पनि हत्याको अनुसन्धान शुन्यमै छ । एक बर्षमा सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परिक्षण, पाँच सय बढीलाई सोधपुछ, दश हजारभन्दा बढीको कल डिटेल निकालिएको, आठ प्रहरीबिरुद्ध मुद्धा र दश जनामाथी बिभागिय कारवाही गरेपनि हत्यामा संलग्नताको अनुसन्धान उही शुन्यमा छ । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदनमा के छ गुपचुप नै छ । गृह मन्त्रालयद्वारा गठित मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टा–छुट्टै प्रतिवेदनहरु तयार भए । सरकारी निकायले गरेको अनुसन्धानको निष्कर्ष पनि फरक–फरक प्रस्तुत गरिएको छ । यी सबै प्रतिवेदनले निर्मला काण्डको जरो खोतल्न सकेनन् । घटना भएको एक बर्ष पुग्दा समेत निर्मला पन्तका हत्याराबारे प्रहरीमा किटानी जाहेरी पनि परेको छैन । घटना भएपछि हत्यारा पत्ता लगाउन कञ्चनपुर मात्रै होइन देशभर दबाबमूलक कार्यक्रम धेरै भए । भिमदत्त–१८ सालघारीका १३ बर्षीय सन्नी खुनाको आन्दोलनकै क्रममा प्रहरीको गोलीबाट मृत्यु भयो । घाइते अर्जुन भण्डारा अहिले पनि शिक्षण अस्पतालमा छटपटाई रहेका छन् । एकातर्फ निर्मलाका लागि न्याय आन्दोलन चलिरहँदा प्रधानमन्त्री, मन्त्री तथा प्रहरी प्रमुखले समेत गैरजिम्मेवार अभिब्यक्ति दिए । जसले झ्न न्याय पाउने आस मर्दे भयो । रक्षामन्त्री इश्वर पोखरेलले त हत्यारा पक्राउ परिसकेको र सार्वजनिक गर्न मात्रै बाँकी रहेको सार्वजनिक कार्यक्रममै अभिब्यक्ती दिए । गृहमन्त्री रामबहादुर थापा बादल पनि निर्मला घटनालाई राजनीतिक रंग दिएर उचालेको आरोप लगाउछन् । गृहमन्त्री थापाको अभिव्यक्तिले त यस्ता अपराध अझै हुन सक्ने तर अनुसन्धान भने नहुने संकेत दिएको छ । निर्मलाको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । एक वर्ष पुग्दा निर्मला काण्ड पनि सेलाउन लागेको जस्तो देखिन्छ । निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जनबढी टोली कञ्चनपुरमा खटिइसकेका छन् । एक बर्षमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमै तीन जना प्रहरी प्रमुख फेरिए । तर, निर्मला पन्त प्रकरणमा हाता लाग्यो शुन्य भएको छ । अन्तराष्ट्रिय रुपमै चासो देखाइएको निर्मला हत्या प्रकरणमा अनुसन्धान किन प्रभावकारी बन्न सकेन र राज्य संयन्त्र नै लाग्दा पनि हत्यारा किन पक्राउ गर्न सकिएन यहि प्रश्न बर्ष दिन मात्रै होइन बर्षौ बर्षसम्म पनि उठिरहनेछ ।


क्याटेगोरी : जनगुनासो, राजनीति, विचार/लेख
ट्याग : #nirmala hatya

तपाईको कमेन्ट लेख्नुहोस्