किन जनताको समस्या बुझदैनन् माननियहरु ?

नमिठो लागे पनि भन्नै पर्छ । संघीय संसद दश दिन कसका कारण स्थगित भयो । सायद, यो प्रश्नमा सत्तापक्ष र प्रतिपक्षले एकले अर्को पक्षलाई दोष दिने बाहेक बाहाना छैन होला । जनता दुखमा छन् बाढी, डुवान र पहिरोले जनताले सास्ती भोगीरहेका बेला उनीहरुका आवाज बोलिदिने र सुन्ने थलो संसद नै दश दिन स्थगित वाह् कस्तो राजनीति । जनताका लागि राजनीति गर्ने सत्तापक्षीय नेता हुन् वा प्रतिपक्षीय । बल्लतल्ल आ–आफनो हट त्याग्दै संसद त चल्यो । तर, त्यहि संसदमा जुहारी सुरु भयो संसद तैले गर्दा स्थगित भयो भन्दै एकअर्का बिरुद्ध आरोप प्रत्यारोप । बुधबार बाढी, पहिरो र डुबानबारे पेश गरेको जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुँदैगर्दा पनि आरोप–प्रत्यारोप । संसद् स्थगित किन भएको थाहा छ असार ३० गते संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले पहिला बोल्ने कि विपक्षीले पेश गरेको सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने भन्ने विषयमा विवाद हुँदा दश दिन स्थगन गरिएको हो । बिना कारण अनि आवश्यकता सदन रोकिनुएको अपजसबाट बच्न अहिले दलहरुले एक अर्कालाई हिलो छ्यापीरहेका छन् । हैन हाम्रा सांसद, नेताहरुको यो के पारा हो । नितिगत तहमा बहस गर्नु, देश र जनताको समस्यामा समाधान खोज्नु, देशको समृद्धीमा हातेमालो गर्नु पर्नेमा उल्टै एक अर्का बिरुद्ध वाक युद्ध छेड्ने । जेल, नेल अनि अनुभवी भन्ने तर कहिल्यै चाहिने कुरामा बहस नगर्ने यही शैली र राजनीतिक संस्कारले त हो नी नेता र राजनीतिप्रति जनताको बितृष्णा जागेको । राजनीति देश र जनतालाई विकास र निकास दिने अत्यावश्यक महत्वपुर्ण प्लेटफम हो, यसलाई दुरुपयोग होइन सदुपयोग गरौँ । हरेक सांसद र नेताहरुमा सत्बुद्धी आओस्, आफू पार्टी र कार्यकर्ताहरुको होइन्, देश र जनताको बारेमा चिन्तन गर्ने र सोच्ने ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख
ट्याग : #pratinidhi sava
तपाईको कमेन्ट लेख्नुहोस्