विपी स्मृति दिवस देशभर बिबिध कार्यक्रम गरी मनाइँदै
काठमाडौं ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा सोमबार विपी स्मृति दिवस मनाइँदै छ । प्रत्येक वर्षको साउन ६ गतेलाई नेपाली कांग्रेसले विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको छ । वि.सं.२००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइराला क्यान्सर रोगबाट थला परेका थिए । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका कोइरालाका तीन घुम्ती २०२५, नरेन्द्र दाइ २०२६, सुम्निमा २०२७, मोदीआइन २०३६, हिटलर र यहुदी २०४०, बाबु,आमा र छोरा २०४५, उपन्यास एवम् कथातर्फ मेरो कथा २०४०, दोषी चश्मा २०३९ र श्वेत भैरवी २०३९ प्रकाशित छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #bp koirala
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्