नेकपाले छान्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज, बिभागमा ईश्वर र नारायणकाजीको दाबी
काठमाडौं ५ साउन । सत्तारुढ नेकपाले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज र ६ महानगरको इन्चार्ज चयन गरेको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले उनीहरुको जिम्मेवारी तोेकेको हो । काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् । तत्कालीन माओवादीका ईन्चार्ज रहेका लेखनाथ न्यौपाने सह–इन्चार्जमा पनि अटाएका छैनन् । काठमाडौं महानगरको इन्चार्ज भने जीवनराम श्रेष्ठ बनेका छन् । त्यसमा ४५ वटा पूर्व एमाले र ३८ वटा पूर्व माओवादी केन्द्रको भागमा परेको छ। पार्टीको स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाउने कि नारायणकाजी श्रेष्ठलाई बनाउने भन्ने विषयमा विवाद कायमै छ । तर, पुर्व एमाले र माओवादीको आआफ्नो अडान कायमै रहेपछि विभागहरुको नेतृत्व छनौट गर्न नसकेपछि बैठक स्थगित भएको छ । तर, पार्टीको इन्चार्ज र सहइन्चार्जको छिनोफानो गरेर मंगलबार सचिवालय बैठक बस्ने नेताहरुले बताएका छन् । बैठक पार्टीको ३२ वटा विभागको नेतृत्व छनौटसँगै जेष्ठ नागरिक मञ्चका नेतृत्व र सदस्य, विभिन्न आयोग र सल्लाहाकार कमिटिको गठन गर्न पनि सकेको छैन् ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्