प्रधानमन्त्री ओली र फ्रान्सका समकक्षी एडवार्ड फिलिपबीच भेटघाट
काठमाडौं ३१ जेठ । यूरोपियन मुलुकहरूको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका समकक्षीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री एडवार्ड फिलिपसंग द्विपक्षीय सम्बन्धका बारेमा छलफल गरेका थिए । प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भएको सौहार्दपू्र्ण कुराकानीमा फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू–भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन् सोहि कारण पनि उनको फ्रान्स भ्रमण धेरै महत्वका साथ हेरिएको छ। त्यसअघि प्रधानमन्त्री ओलीले फ्रान्सका व्यवसायीहरुको संगठन मेदेफ संग छलफल गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए। नेपाली राजदुतावास पेरिसले आयोजना गरेको कार्यक्रम उनले फ्रान्सका विभिन्न सामाजिक व्यक्तित्वहरु, व्यवसायीहरु, नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरू तथा नेपाललाइ माया गर्ने फ्रेन्च नागरिकहरुलाइ भेटघाट गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #pm oli
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्