छाँयामन्त्री गगनको शिक्षामन्त्री पोखरेललाई चुनौती
काठमाडौं ३० जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेट प्रति तिब्र असन्तुष्टि जनाएका छन् । सांसद थापाले न्त्रालयको बजेट कटौती प्रस्ताव राखेका छन् । बिहीबार संसदमा आफ्नो प्रस्ताव पेश गर्दै सांसद थापाले देशभर ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्र भएको र योग्य शिक्षकबाट पढाउनु पर्ने ठाउँमा ८ कक्षा पास गरेकाले ६ हजार रुपैयाँभन्दा कम तलबमा पढाएको जानकारी दिए । संविधानले त्यसो गर्न नपाइने भनेको भन्दै यो राष्ट्रिय लज्जाको विषय भएको थापाको भनाई थियो । उनले यसको जिम्मा कांग्रेस, हिजोको एमाले, माओवादी सबैले लिनुपर्छ बताए । सार्वजनिक मञ्चबाट निजी विद्यालयलाई २ र ४ वटा गाली गर्ने बानी परेको भन्दै थापाले आफैंले सञ्चालन गरेको विद्यालयमा न प्रअ, न सांसद न शिक्षक कोही पनि बच्चाबच्ची पढाउन तयार नरहेको बताए । थापा प्रमुख विपक्षी कांग्रेसले बनाएको छाया सरकारमा शिक्षामन्त्रालयस्तरीय समितिको संयोजकसमेत हुन् । सांसद थापाले एकपछि अर्को स्थानीय सरकारको अधिकार खोस्ने काम भएको असन्तुष्टि जनाए । गुणस्तर भनेको अंग्रेजी भन्ने मात्र बुझेको भन्दै उनले मन्त्रालयको बजेटमा प्रश्न उठाएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #gagan thapa
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्