भारतीय कांग्रेसको हारबाट पाठ सिक्न रामचन्द्र पौडेलको सुझाव
काठमाडौं ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतमा कांग्रेसले व्यहोरेको हारबाट नेपाली कांग्रेसले पाठ सिक्नुपर्ने बताएका छन् । कांग्रेसले कमजोरी सुधार गरेर अगाडि बढाउनु पर्ने र जनता चाहेको जस्तो कांग्रेस बनाउनुपर्ने बताएका हुन् । राष्ट्रिय जागरण अभियान अन्तरगत दार्चुला आइपुगेका नेता पौडेलले कम्युनिस्टको सामना गर्न कांग्रेस पनि बलियो हुन आवश्यक रहेको बताए । भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीसँग नेपाली कांग्रेसले शिक्षा लिनुपर्ने बताए । बरिष्ठ नेता पौडेलले स्थानीय तहमा नेतृत्व गर्ने कांग्रेसका नेता कार्यकर्ताहरुलाई पनि गल्ती नगर्न आग्रह गरे । कम्युनिस्ट सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरित चलेको भन्दै उनले जनताले विकल्प खोज्ने बताए । ‘कम्युनिष्ट सरकारको विकल्प जनताहरुले खोजिरहेका छन्, त्यसको विकल्पका कांग्रेस जतिको बलियो दल भएको बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्