नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच ३ घण्टा गोप्य छलफल
काठमाडौं ८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले करिब ३ घण्टासम्म छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डले छलफल गरेका हुन् । ओलीसँगको छलफलका लागि प्रचण्ड बुधबार विहान बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच पोलिटब्यूरो गठनका सम्बन्धमा छलफल चलेको जनाइएको छ । यस्तै पार्टीका विभागहरुलाई पूर्णता दिने विषयमा नेताहरुबीच छलफल चलेको जानकारी पाएको नेकपाका नेताहरुले बताएका छन् । दुई अध्यक्षबीचको छलफलका क्रममा केही समय महासचिव विष्णु पौडेलको पनि सहभागी थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्