नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच ३ घण्टा गोप्य छलफल

काठमाडौं ८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले करिब ३ घण्टासम्म छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डले छलफल गरेका हुन् । ओलीसँगको छलफलका लागि प्रचण्ड बुधबार विहान बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच पोलिटब्यूरो गठनका सम्बन्धमा छलफल चलेको जनाइएको छ । यस्तै पार्टीका विभागहरुलाई पूर्णता दिने विषयमा नेताहरुबीच छलफल चलेको जानकारी पाएको नेकपाका नेताहरुले बताएका छन् । दुई अध्यक्षबीचको छलफलका क्रममा केही समय महासचिव विष्णु पौडेलको पनि सहभागी थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्