भारतमा लोकसभाको अन्तिम चुनाव

काठमाडौं ५ जेठ । भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान चलिरहेको छ । भारतमा ११ अप्रिलबाट लोकसभा चुनाव सुरु भएको थियो । आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने जनाइएको छ । साँझ ६ बजेसम्म मतदान हुने र त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक गरिनेछन् । आइतबार ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताको संख्या भने १०.१७ करोड छ । आइतबार पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिटमा मतदान भइरहेको छ । यसैगरी चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ । सत्तारुढ भाजपाले सन् २०१४ मा भएको चुनावमा यी ५९ सिटमध्ये ३० मा जित हासिल गरेको थियो । वाराणसीमा पनि आज मतदान भइरहेको छ । जहाँबाट नरेन्द्र मोदी उम्मेदवार बनेका छन् । यसैगरी बिहारको पटना साहिब लोकसभामा भाजपाका बागी उम्मेदवार शत्रुघ्न सिन्हा कांग्रेसको समर्थनबाट चुनाव लडेका छन् । उनको प्रतिस्पर्धी भाजपा उम्मेदवार एवम् केन्द्रीय मन्त्री रविशंकर प्रसाद छन् । त्यसैले यी क्षेत्रमा मतदाताको मुख्य चासो छ । बिहारका मुख्यमन्त्री नितिश कुमार र उपमुख्यमन्त्री सुशील मोदीले पटनाबाट मतदान गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #india
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्