राष्ट्रपति बिद्यादेवी भण्डारीको असन्तुष्टि
काठमाडौं २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको बताएकी छन् । बुधबार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले बिना कारण राज्यका निकायप्रति जनतामा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी हुन् । राष्ट्रपतिले हेलिकप्टर किन्न लागेको तथा आवात जावतमा पनि अनावश्यक बाटो जाम गरेको भन्दै चर्को आलोचना भइरहेको बेला उनले यस्तो असन्तुष्टि जनाएकी हुन् । उनले कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी तत्काल निरुत्साहित गरी कारवाही गर्न आग्रह गरिन । बुधबारदेखि राजधानीमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारसम्म चल्नेछ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्