किराँतीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौं १३ चैत । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । किराँतीले ओलीले राजीनामा नदिए सडक आन्दोलनबाट उनलाई विस्थापित गर्ने समेत चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी अध्यक्ष किरातीले ‘खड्ग ओली सरकारले तुरुन्त राजीनामा गरी विप्लव नेकपासँग वार्ता र राष्ट्रिय एवं जनहितको मार्गप्रशस्त गर्न हाम्रो पार्टी विशेष आग्रह गर्छ भनी उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिए उनलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारी गर्नुपर्ने किरातीले जिकिर गरेका छन् । किराँतीले विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग पनि गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्