Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा तीन जना सल्लाहकार नियुक्त


सुर्खेत ९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीले शनिबार बसेको मन्त्रीपरिषदको बैठक मार्फत तीन जनालाई मनोनयन गरेका हुन् । उनले राजनीतिक सल्लाहकारमा भिम प्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा रत्न गाहामगरलाई मनोनयन गरे । त्यस्तै, बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तब्य अधिकार सम्बन्धमा ब्यवस्था गर्न बनेको बिद्येयक पेश गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । प्रादेशिक जडिबुटी तथा शित भण्डार निर्माण कार्यलाई राष्टिय प्राथमिकताको आयोजनामा सिफारिस गर्ने र स्वीकृतिका लागि संघीय सकरकारसँग अनुरोध गर्ने पनि निर्णय गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं