फेसबुक, ट्वीटर बन्द हुने हल्ला मात्रै, भ्रम फैलाउनेलाई कारबाही
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्ला मात्रै भएको प्रष्ट पारेको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दे मन्त्रालयले भ्रममा नलाग्न आग्रह गर्दे भ्रम फैलाउनेलाई कारबाहीको प्रकृया अगाडि बढाइएको जनाएको हो । केही दिनदेखि मन्त्रालयको नाम जोडेर नेपालमा सामाजिक सन्जाल बन्द गर्न लागिएको कुरा सामाजिक सन्जालमा ‘भाइरल’ बनिरहेको थियो।
मन्त्रालयले यसबारे स्पष्ट पार्दै त्यस्तो भ्रामक सुचना लाइक, कमेन्ट वा सेयर गरिएको भए तत्काल हटाउन पनि प्रयोगकर्तालाई निर्देशन दिएको छ। सामाजिक सञ्जालमा प्रयोग भएको गलत तथा भ्रमपूर्ण बिज्ञप्ती यस्तो थियो ।

क्याटेगोरी : जनगुनासो, प्रविधि, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्