रास्वपाको राष्ट्रिय भेलामा आजदेखि समूहगत छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौँको प्रज्ञा भवनमा मंगलवारदेखि सुरु भएको भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।
मङ्गलवार भेलामा प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए । साथै मङ्गलवार नै कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन समेत पेस गरेका थिए । उपसभापति डा. स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए ।
आज भने प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, पत्रपत्रिका, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #रास्वपाको राष्ट्रिय
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्