आन्दोलन फिर्ता नलिए डाक्टरलाई कारबाही गरिने

काठमाडौं २६ चैत । समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले कारवाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनमा चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्य नहुने चेतावनी दिए । यो समाचार आजको अन्नपूर्णमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार
ट्याग : #aandolan
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्