तपाईको ऋण ३३ हजार पुगेको छ
काठमाडौं १२ चैत । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ । आन्तरिक ऋण ३ खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ । यस्तै, वैदेशिक ऋण पाँच खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ । यो ऋण आवको कुल गार्हस्थ उत्पादनको ३१।६८ प्रतिशत हो । त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८९६७ प्रतिशत छ । गत आवको प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार ७ सय ७५ रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो । यसले ऋणको भार थपिँदै गएको देखाएको छ । यो समाचार अन्नपूर्णमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्