भाषा परीक्षाका नाममा लुटिन्छन् विद्यार्थी
काठमाडौं ५ चैत । जापान, कोरियालगायत देशमा जान सहजताका लागि भाष पढाउने नाममा अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन्। अधिकांश कन्सल्टेन्सीले ठगी धन्दा चलायँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन। विभिन्न बहानामा कन्ल्टेन्सीले शुल्क लिइरहेको समाचार राजधानी दैनिकमा छ। विद्यार्थी मासिक रूपमा १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्न बाध्य छन्। शुक्कको निश्चित मापदण्ड छैन। विद्यार्थी लीलाधर वलीले भने, ‘मैले पनि पढेँ, तर नाम निस्किएन। एउटा कन्सल्टेन्सीमा जाँदा १० हजार रुपैयाँ, अर्कोमा जाँदा १५ हजार रुपैयाँ शुल्क रहेछ। पर्याप्त भौतिक पूर्वाधारविना एउटै कक्षामा सयौँ विद्यार्थी राखे पढाउने गरेको समेत भेटिएको छ। केही शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउँदा तालिमप्राप्त शैक्षिक परामर्शदाताको सहयोग नै लिने गरेका छैनन्। कम्तीमा पनि एउटा शैक्षिक कन्सल्टेन्सीमा दुई परामर्शदाता राख्नुपर्ने प्रावधान छ। कोरिया भाषा परीक्षा उत्तीर्ण गरेपछि केही शैक्षिक कन्सल्टेन्सीले भिसा लागेपछि प्रतिविद्यार्थी एकलाख रुपैयाँसम्म लिने गरेका छन्।
क्याटेगोरी : पत्रपत्रिका, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्