अमेरिकी सभामुख नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित पुगिन ताइवान

काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।
उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउन विषयमा हुने बताएकी छन् । सभामुख पेलोसीले लेखेकी छन्, विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण छ ।’ अमेरिकी सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थालेकी थिइन् ।
उनको ताइवान भ्रमणबारे केही बताइएको थिएन । बेइजिङले भने ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । किनकी चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्दै आएको छ । तर, उनी मंगलबार साँझ ताइपेई पुगेकी छन् ।
यो ताइवानमा दशकौंमा भएको अमेरिकी अधिकारीको पहिलो भ्रमण हो । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुकाउने’ धम्की दोहोर्याएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #राजधानी ताइपेई
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्