जासुसी गरेको आरोपमा पाकिस्तानी सेनाका उच्च अधिकारीलाई मृत्युदण्डको फैसला
काठमाडौं १८ जेठ । पाकिस्तानले जासुसीको आरोपमा सेनाका एक ब्रिगेडियर र एक सरकारी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाएको छ । सैनिक अदालतले सेनाका पूर्व जनरललाई जन्मकैदको फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुमाथि विदेशी कूटनीतिक नियोग तथा एजेन्सीहरुलाई गम्भीर प्रकृतिका सूचनाहरु प्रवाह गरेको आरोप रहेको पाकिस्तानले सेनाले बताएको छ । पाकिस्तानका सेना प्रमुख जनरल क्वामर जावेद बाज्वाले सजायको समर्थन गरेको बताइएको छ । उनीहरुले कुन विदेशी एजेन्सीलाई सूचना प्रवाह गरेका हुन् भन्ने खुलाइएको छैन । तर उनीहरुले अमेरिकी गुप्तचर निकाय सिआइएलाई सूचना दिएको आरोप रहेको अनुमान छ । अवकास प्राप्त लेफ्टिनेन्ट जनरल जावेद इक्बाललाई १४ वर्षको श्रम कदै फैसला गरिएको छ, पाकिस्तानमा यसलाई जन्मकैद मानिन्छ । सेवामा रहेका बेला इक्वाल सेनाको महत्वपूर्ण जिम्मेवारीमा थिए । उनले देश भित्र र बाहिर अवलम्बन गरिने सैने रणनीति बनाउनेसहितका जिम्मेवारी सम्हालेका थिए । यस्तै उनले सेनाको अनुशासन तथा पारदर्शिता समितिमा रहेर पनि काम गरेका थिए ।
सेनाका पूर्व ब्रिगेडियर राजा रिज्वानलाई मृत्युदण्डको फैसला भएको छ । यस्तै सरकारको संवेदनशील संस्थामा कार्यरत वासिम अक्रम नाम गरेका डाक्टरलाई पनि मृत्युदण्डको फैसला भएको छ । सैनिक अदालतले गरेको यो फैसला विरुद्ध उनीहरुले अपिल भने गर्न पाउने छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्