चीनको सुझावः भारत र पाकिस्तान वार्ता गर
काठमाडौं २५ फागुन । चीनले भारत र पाकिस्तानलाई संयमित भएर वार्ता गर्न सुझाव दिएको छ । भारत र पाकिस्तानको पछिल्लो द्वन्द्वले फेरि विश्वको ध्यानाकर्षण गरेको भन्दै चीनले दुवै देशलाई वार्ता गरेर शान्ति कायम गर्न सुझाव दिएको हो । चिनियाँ तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘घटना गम्भीर बन्दै जाने अवस्था नआओस् भन्नका लागि संयमता कायम गरेर वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने बताए ।
भारत र पाकिस्तान दुवैले प्रादेशिक अखण्डता र सार्वभौमिकतालाई पूर्णरूपमा सम्मान गर्नुपर्नेमा चीनले सधैँ जोड दिँदै आएको उनले बताए । चीनले दुई पक्षलाई सहअस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको उनको भनाइ छ । चीनले पाकिस्तान र भारत दुई निकट छिमेकी भएको र दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्वीपीय सभ्यताको उपभोग गरेको भन्दै दुई देश सामु स्थिरता, विकास र समृद्धिको महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न पनि सुझाव दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #hot
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्