नेपालमा मोबाइल आयात घट्यो, राजश्व बढ्यो
काठमाडौं ११ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मोबाइल सेटको आयात ३५ प्रतिशतले घटेको छ । गत आवको सही अवधिमा ५५ लाख १० हजार मोबाइल सेट भित्रिएको थियो । तर, यो वर्ष त्यो संख्या खुम्चिएर ३५ लाख ८५ हजारमा झरेको भन्सार विभागले जनाएको छ । मोबाइल आयात घट्दा पनि राजश्व भने बढेको छ । गत वर्ष यही समीक्षा अवधिमा २१ अर्ब १७ करोड मूल्य बराबरको मोबाइल नेपाल भित्रिएको थियो । यो वर्ष १६ अर्ब ४ करोडको मात्रै मोबाइल आयात भएको छ । गत वर्ष सुरुको १० महिनामा मोबाइलबाट २ अर्ब ७५ करोडको भन्सार राजश्व उठाएकोमा यो वर्ष बढेर २ अर्ब ९९ करोड रुपैयाँ उठेको छ । मोबाइल आयात ३५ प्रतिशतले घटेको अवस्थामा पनि भन्सार राजश्व ९० प्रतिशतले बढेको देखिन्छ । यसको मुख्य कारण मोबाइलमा दिइने मूल्य अभिवृद्धि कर भ्याट फिर्ताको प्रावधान हटाउनु हो । गत वर्षसम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनः व्यापारीले नै फिर्ता पाउँथे । तर, बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले सो सुविधा कटाएर थप ५ प्रतिशत अन्तशुल्क तिर्नुपर्ने प्रवन्ध गरेका थिए । ‘विगतका वर्षहरुमा नेपालमा चीनसहित तेस्रो मुलुकबाट महंगो मूल्यको मोबइल भित्र्याएर भ्याट फिर्ताको दाबी गरिएको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, प्रविधि
ट्याग : #artha
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्