टेवाले निशुल्क आँखा परिक्षण र रक्तदान आयोजना गर्दै
ललितपुर । जिल्लाको टेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निशुल्क आँखा परिक्षण र बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार टेवाले नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम गर्न लागेको हो ।
त्यस्तै, टेवाले मेट्रो आई केयर प्रालि (आँखा उपचार केन्द्र)सँगको समन्वयमा निशुल्क आँखा परिक्षण कार्यक्रम गर्न लागिएको बताइएको छ । टेवाको सामाजिक अभियानमा रक्तदान महादान भन्ने भावनालाई सार्थक बनाउन सहभागिताकालाई सहकारीले आह्वान समेत गरेको छ । शनिबार विहान साढे ९ बजेदेखि २ बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएको छ ।

क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #टेवा बहुउद्देश्यीय सहकारी, #नेपाल रेडक्रस सोसाइटी, #ललितपुर शाखा
ताजा खबर
- १एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
- २मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली
- ३रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
- ४एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित
- ५महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ्छः गगन थापा



तपाईको कमेन्ट लेख्नुहोस्