टेवाले निशुल्क आँखा परिक्षण र रक्तदान आयोजना गर्दै
ललितपुर । जिल्लाको टेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निशुल्क आँखा परिक्षण र बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार टेवाले नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम गर्न लागेको हो ।
त्यस्तै, टेवाले मेट्रो आई केयर प्रालि (आँखा उपचार केन्द्र)सँगको समन्वयमा निशुल्क आँखा परिक्षण कार्यक्रम गर्न लागिएको बताइएको छ । टेवाको सामाजिक अभियानमा रक्तदान महादान भन्ने भावनालाई सार्थक बनाउन सहभागिताकालाई सहकारीले आह्वान समेत गरेको छ । शनिबार विहान साढे ९ बजेदेखि २ बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएको छ ।

क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #टेवा बहुउद्देश्यीय सहकारी, #नेपाल रेडक्रस सोसाइटी, #ललितपुर शाखा
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्