उद्घाटन गर्न मात्रै ल्याइएको मेलम्चीको पानी अव कहिले आउला ?
काठमाडौं । झन्डै ३ दशक लामो प्रतिक्षापछि काठमाडौँ उपत्यकाबासीको धाराबाट मेलम्चीको पानी झरेको थियो । बहुप्रतिक्षित त्यही मेलम्चीको पानी सुरुङ परिक्षणका लागि भन्दै असार १ गते देखि २ महिनासम्मका लागि बन्द गरिएको थियो । तर, मेलम्ची र हेलम्बुमा आएको वाढी पहिरोका कारण काठमाडौँबासीमा धारामा फेरि कहिले मेलम्चीको पानी आउने हो, अझै अनिश्चित छ । कहिले फेरि आउला मेलम्चीको पानी ? सुरुंग संचालनमा आएको केहि समयपछि परिक्षण गर्नु पर्ने भन्दै मेलम्चीको खानेपानी काठमाडौँ उपत्यका पठाउने बन्द गरिएको थियो ।
पहिले सुरुङ्गमा रहेको पानी फाल्न, त्यसपछि परिक्षण गर्न अनि पुन पानी हाल्न भन्दै आयोजनाले दुई महिनाका लागि परिक्षण समयावधि छुटाएको थियो । तर, सुरुङ्ग परिक्षणमा गरिएको ढिलाई र मेलम्चीमा गएको भिषण बाढी, पहिरोका कारण पानि २ महिना भित्रै नै काठमाडौँ आइपुग्ने कुनै छाटकाट देखिएको छैन । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार क्षेष्ठका अनुसार आयोजना स्थलमा रहेका बेलिबिज्र,पुल,सडक लगायतका संरचनाहरु छेत विच्छेद भएको छ । वर्षायाम सिध्धीन अझै केहि समय बाँकी रहेकाले अहिलै केहि भन्न नसकिने श्रेष्ठको भनाई छ ।
सुरुङ्ग परिक्षणका लागि पानी रोकिएपनि बढि पहिरोका कारण क्षतविछेद वनेको आयोजना काठमाडौँ भित्रिने मिति लम्विदै गरेको बुझन् सकिन्छ । तर, आयोजना निमार्ण गर्नु अगावै जोखिम सम्भाव्यता अध्यन नगरेपछि यस प्रकारका जोखिम सामना गर्नु परेको हो । पहिले नै अध्यनपछि जोखिम नियुनिकरणका लागि बाँध लगायतका संरचनाहरु निमार्ण नगर्दा अहिले आम जनतालाई खानेपानी अपुर्ति गर्न सास्ति भएको हो ।
उपत्यकामा खानेपानी आपुर्ती गर्ने जिम्मेवारी बहन गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पनि मौन देखिएको छ । यस्तोमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राई मेलम्ची खानेपानी नहुदाँको खण्डमा प्रयोग गर्न सकिने वैकल्पिक स्रोतको अनुसन्धान भइरहेको बताउँदै आएका छन् । यता बल्ल तल्ल स्वास्थ खानेपानी पाएका उपत्यका बासी खुशी भएका थिए । पानी आएको केहि समय वित्न नपाउँदै पुन पानी आउन बन्द भएपछि निरास बनेका जनताहरु फेरी पनि पानी आउने ठेगान नभएपछि चिन्तित भएका छन् ।
केहि स्थानका नागरिकहरुले हप्ता १० दिन वितिसक्दा पनि पानी नपाएको गुनासो गर्दै आएका छन् । ललितपुरको खुमलटार क्षेत्रमा करिब १२ दिनसम्म उपभोक्ताहरुले पानी पाउँदैनन् । यस्तै भक्तपुर क्षेत्र तिर हरेक चार दिनको फरकमा पानी पाउने गर्छ । मेलम्ची खानेपानी आपुर्ति बन्द भएपछि पुन उपत्यकाका जनताको जनजविन कष्ठकर बनेको छ । मेलम्चीको खानेपानी अनिश्चितकालका लागि बन्द हुदै गर्दा सरकारले अहिलेसम्म पनि खानेपानीको वैकल्पिक माध्यम खोजेको छैन ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्