सुनको मूल्य एक हजार घट्यो
काठमाडौ १३ भदौ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ । बिहीबार अहिलेसम्मकै बढी प्रतितोला ७३ हजार चार सय पुगेको सुनको मूल्य शुक्रबार घटेर ७२ हजार चार सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको हो । यस्तै तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ। चाँदीको मूल्य पनि बिहीबारको तुलनामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय ८५ मा कारोबार भइरहेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #sun
ताजा खबर
- १पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- २रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ३श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ४सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
- ५पार्टीलाई गाउँको जरादेखि डिजिटल स्क्रिनसम्म पुर्याउने काँग्रेसको रणनीति



तपाईको कमेन्ट लेख्नुहोस्