सोमबार भारी बर्षा र बाढीको सम्भावना

काठमाडौं ६ साउन । देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशको पूर्वी तथा मध्य क्षेत्रका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको र केही स्थानमा मेघ गर्जनसहित वर्षा जारी हुने सम्भावना रहेको छ । यस्तै, पश्चिमका भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ र एक–दुई स्थानमा पानी परेको छ ।सोमबार दिनभर पनि देशका पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने छ । यस्तै पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । पूर्वका अधिकांश तथा मध्य र पश्चिमका केही स्थानमा वर्षा हुने, पूर्व र मध्यका थोरै र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुन पूर्ण सक्रिय अवस्थामा छैन । तर, बंगालको खाडीबाट जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभाव पनि रहेकाले बदली तथा वर्षा भएको हो । एक पटक बाढी आइसकेकाले अब छोटो अवधिको वर्षाले पनि नदीमा पानीको बहाव बढ्ने भएकोले सचेत रहनु पर्ने मौसमविदले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #mausam
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्