सोमबार भारी बर्षा र बाढीको सम्भावना
काठमाडौं ६ साउन । देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशको पूर्वी तथा मध्य क्षेत्रका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको र केही स्थानमा मेघ गर्जनसहित वर्षा जारी हुने सम्भावना रहेको छ । यस्तै, पश्चिमका भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ र एक–दुई स्थानमा पानी परेको छ ।सोमबार दिनभर पनि देशका पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने छ । यस्तै पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । पूर्वका अधिकांश तथा मध्य र पश्चिमका केही स्थानमा वर्षा हुने, पूर्व र मध्यका थोरै र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुन पूर्ण सक्रिय अवस्थामा छैन । तर, बंगालको खाडीबाट जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभाव पनि रहेकाले बदली तथा वर्षा भएको हो । एक पटक बाढी आइसकेकाले अब छोटो अवधिको वर्षाले पनि नदीमा पानीको बहाव बढ्ने भएकोले सचेत रहनु पर्ने मौसमविदले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #mausam
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्