कृषक सधैं मल पाइन भन्ने, बजेट भने एक अर्ब फ्रिज
काठमाडौं २३ जेठ । सधैं धान बाली लगाउने समयमा किसानहरु मल नपाएको गुनासो गर्छन् । तर, बिडम्बना मल किन्नका लागि छुट्याइएको १ अर्ब रुपैयाँ भने फ्रिज हुन्छ । सरकारसँग मलको पर्याप्त मौज्दात नहुँदा सधैं कृषकलाई मलको अभाव सिर्जना भएको हो । यो सिजनमा मात्रै ५० हजार मेट्रिक टन मल अपुग हुने देखिएको छ । युरिया मलको त्यति ठूलो अभाव नदेखिए पनि डीएपी मलको भने हाहाकार हुन थालेको छ । कृषि विकास मन्त्रालयको दावी पत्याउने हो भने मल किन्ने अनुदान समयमै नपाएपछि बजारमा अभाव सुरु भएको हो । चालु आवमा सरकारले ६ अर्ब रुपैयाँ मलमा अनुदान दिने गरी बजेट छुट्याएको थियो । तर, त्यसले अपुग भएको भन्दै कृषि मन्त्रालयले अर्थसँग थप रकम मागेको थियो । हाल सरकारले युरियामा प्रतिकिलो ३१ रुपैयाँ र डीएपीमा १५ रुपैयाँ अनुदान दिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । त्यसैअनुरुप अनुदानका लागि थप बजेट मागे पनि अर्थ मन्त्रालयले कृषकलाई दिने अनुदान घटाएर मूल्य समायोजन गर्न भनेको थियो । तर, कृषिले यो वर्ष मूल्य समायोजन गर्न सम्भव नहुने बताएपछि जेठ १ गते मात्रै मल किन्न ३ अर्ब रुपैयाँ निकासा गरियो । तर, यो रकम यस आर्थिक वर्षमा खर्च गर्न सम्भव नहुने कृषि मन्त्रालय स्रोत बताउँछ । यसैले रकम फ्रिज हुने अवस्था आएको छ । सरकारले नयाँ निकासाबाट तत्कालै ५८ हजार मेट्रिक टन मल किन्दैछ । यसमा १ अर्ब ८८ करोड मात्रै खर्च हुनेछ । बाँकी १ अर्ब १२ करोड रुपैयाँ यो वर्ष खर्च हुन नसक्ने स्थिति छ । ‘
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #mal
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्