प्रचण्ड अमेरिका जाँदै,पत्नी सीताको उपचारमा
काठमाडौं ३ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि अमेरिका जादै छन् । उनको साथमा परिवारका केही सदस्यका साथ अमेरिका जाने बताइएको छ । पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका जान लागेका हुन्। यसअघि सीताको उपचार भारत र सिंगापुरमा भए पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सकेको छैन। अध्यक्ष दाहाल र पत्नी सीताका साथ उनका छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका जानेछन्। झण्डै दुई महिना पहिले नै पनि पत्नी सीताको उपचारका लागि त्यसतर्फ जान लागेका नेकपा अध्यक्ष दाहालले भेनेजुयला प्रकरणमा अमेरिकाको तीव्र आलोचना गरेपछि अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए । भेनेजुयला प्रकरणपछि अमेरिकी राजदूत र्यान्डी बेरीले उनलाई निवासमै भेटेर अमेरिकाका लागि निम्तो दिइकी थिइन । यसअघि २००८ सेप्टेम्बरमा २०६५ असोजमा संयुक्त राष्ट संघको साधारण सभामा प्रधानमन्त्रीको हैसियतमा भाग लिन दाहाल त्यसतर्फ गएका थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, स्वास्थ्य
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्