बजार हल्लाले राजीनामा दिन्नः प्रधानन्यायाधीश जवरा
प्रश्न उठेका सबैले राजीनामा दिऔं
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई कडा जवाफ दिएर फर्काएका छन् । बजार हल्लाका आधारमा आफूले राजीनामा नदिने कडा जवाफ फर्काएका हुन् । जवरालाई भेट्न पुगेका १३ जना न्यायाधीशलाई सबैले राजीनामा दिने भए आफू पनि तयार रहेको बताएका हुन् ।
उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका थिए । जवराले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने बजार हल्लाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’ जवराले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए ।
पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको थियो । प्रधानन्यायाधीशसँगको छलफलमापछि १५ जना न्यायाधीशहरु पुनः आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चोलेन्द्र शम्शेर जबरा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्